खेल


बीएण्डआर कप टी-ट्वान्टी क्रिकेट : नेपाली यू–१९ राष्ट्रिय महिला टोली मलेसियासँग पराजित

 बीएण्डआर कप टी-ट्वान्टी क्रिकेट : नेपाली यू–१९ राष्ट्रिय महिला टोली मलेसियासँग पराजित

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ९:४१,

चीनमा नेपाली महिला टोली पराजित चीनमा जारी बी एण्ड आर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोली मलेसियासँग पराजित भएको छ।

सांघाईमा शुक्रबार भएको खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय १५ रनको लक्ष्य मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। मलेसियाकी मास एल्सा यास्मिनले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेपालकी लक्ष्मी साउद, कृतिका मरासिनी, कविता कुँवर र ईश्वरी बिष्टले १/१ विकेट लिइन्।

यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । नेपालकी राजमती ऐरीले ३७ रन जोड्दा कविता कुँवर र लक्ष्मी साउदले समान १९/१९ रन जोडिन्। डली भट्टले १६ रन बनाईन्। मलेसियाकी नुर अब्दुल समादले २ विकेट लिईन्। यो सँगै प्रतियोगितामा नेपालले चार खेलमा दुई जित र दुई हारको आत्मसात गरेको छ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग २९ रनको हार व्यहोरेको थियो। दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले हराएको थियो। यस्तै बिहीबार नेपालले म्यानमारलाई ३५ रनले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad