खेल


आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै नर्वे तेस्रोपटक प्रिक्वार्टरफाइनलमा

आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै नर्वे तेस्रोपटक प्रिक्वार्टरफाइनलमा

नेपालखबर
असार १७, २०८३ बुधबार ४:४९, काठमाडौँ

आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै नर्वेले जारी विश्वकपको  प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ। 

अमेरिकाको डलास स्टेडियममा गएराति सम्पन्न खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको हो।

खेलमा नर्वेका एर्लिङ हालान्डले ३९ औँ र एन्टोनियो नुसाले ८६ औँ मिनेटमा गोल गरे। ७४औँ मिनेटमा आइभरी कोस्टमा अमाद डियालोले सान्त्वना गोल फकाए।  

योसँगै चौथोपटक विश्वकप खेलेको नर्वे तेस्रोपटक प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। यसअघि सन् १९३८ र १९९८ मा नर्वे प्रिक्वार्टरफाइनलसम्म पुगेर बाहिरिएको थियो। सन् १९९४ मा भने नर्वे समूह चरणबाटै बाहिरिएको थियो।

अब नर्वेले क्वार्टरफाइनल (अन्तिम ८ मा) प्रवेशका लागि पाँच पटकको विश्वविजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad