नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ।
ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बसेको हो।
यसअघि गएको शुक्रबार पनि कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो।
आजको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए
शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले यसअघि नै तयार पारेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेस गरिएको थियो। शुक्रबार निर्णय नगरी बैठक स्थगित भएपछि आज पुनः बैठक बसेको हो।
कांग्रेसमा नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायतका संस्थाले लामो समयदेखि अधिवेशन गर्न सकेका छैनन्।
78
Shares
प्रतिक्रिया