नयाँ बानेश्वरमा अमेरिकी सहायता परियोजनाविरुद्ध आज पनि प्रदर्शन भएको छ।
विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एमसीसीको प्रतिनिधित्व गर्ने गरी सांकेतिक रुपमा एमसीसीको अन्त्येष्टि गरेका छन्।
एमसीसीलाई लिएर पाँचदलीय गठबन्धन नै टुट्ने अवस्थामा पुगेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा यसलाई संसदबाट पारित गराउन दलीय सहमतिको अन्तिम प्रयासमा लागिरहेका छन् भने एमसीसीको विपक्षमा प्रदर्शन पनि चर्किरहेको छ।
171
Shares
प्रतिक्रिया