ad ad

राजनीति


एमालेका अरु सांसद अवरोध गर्ने, भीम रावल बोल्ने (तस्बिरहरु)

एमालेका अरु सांसद अवरोध गर्ने, भीम रावल बोल्ने (तस्बिरहरु)

आइतवार बसेको संसद बैठकमा एमसीको विरोधमा सांसदहरु। तस्बिर : विक्रम राई/नेपलाखबर


विक्रम राई
फागुन १५, २०७८ आइतबार १६:९, काठमाडौँ

अमेरिकी सहायता सम्झौता एमसीसी पास गर्नका लागि अहिले प्रतिनिधिसभाको बैठक जारी छ।

सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेपछि अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावसम्बन्धी छलफल अघि बढाउने प्रस्ताव पेस गरेका थिए।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको अवरोध जारी छ।

तर सभामुख सापकोटाले एमालेकै सांसद भीम रावललाई एमसीसीबारे बोल्न रोस्ट्रम उपलब्ध गराए।

गत आइतवार एमसीसी संसदमा टेबल हुँदा पनि रावललाई कार्यसूची बाहिरबाट बोल्न दिइएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईसहितले आपत्ति जनाएका थिए।

अहिले संसदमा एमसीसीको पक्ष र विपक्षमा सांसदहरुले बोलिरहेका छन्। सत्तारुढ दलका सांसदहरुले नै यसको विरोध गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .