राजनीति


सीमा विवादः मोदीको ‘म्यान्डेट’ लिएर श्याम शरण काठमाडौंमा

सीमा विवादः मोदीको ‘म्यान्डेट’ लिएर श्याम शरण काठमाडौंमा

नेपालखबर
मंसिर १, २०७६ आइतबार १६:१५,

भारतले नेपालको कालापानी लगायतका क्षेत्रमा गरेको अतिक्रमणविरुद्ध नेपालमा भारत विरुद्ध प्रदर्शन बढ्दै जाँदा पूर्व भारतीय राजदूत श्याम शरण काठमाडौं आएका छन्।

सन् २००४ देखि २००६ सम्म विदेश सचिव भएका श्याम शरण प्रधानमन्त्री मोदीको ‘म्यान्डेट’ लिएर आइतबार नेपाल आएको स्रोतले बताएको छ।

भारतले राजनीतिक नक्शामा कालापानी क्षेत्रलाई समेत समेटेपछि सरकारले त्यसलाई अस्विकार गरेको छ भने जनस्तरबाट ब्यापक विरोध भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना फिर्ता लैजान सार्वजनिक अपिलसमेत गरेका छन्।

काठमाडौँ बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम छ।

नेपाली राजनीतिबारे जानकार श्याम सरण सात दल र माओवादीबीच दिल्लीमा भएको १२ बुँदे सहमतिका योजनाकार मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .