ad ad

राजनीति


एकीकृत समाजवादीले बोलायो केन्द्रीय समिति बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय समिति बैठक

फाइल फोटो


नेपालखबर
फागुन २४, २०७८ मंगलबार १७:४९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बुधबार र बिहीबार काठमाडौँमा बस्ने भएको छ। 

बबरमहलस्थित कार्की बान्क्वेटमा बुधबार बिहान ११ बजेदेखि उक्त बैठक बस्ने पार्टी प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले बताए। 

बैठकमा फागुन १५ गते संसदबाट पास भएको अमेरिकी सहयोग परियोजना एमसिसीमा समर्थन दिएपछिको परिस्थिति, आगामी निर्वाचन, गठबन्धनको भविष्य र अन्य राजनीतिक विषयमा छलफल हुने खतिवडाले बताए। 

केन्द्रीय कमिटी बैठकका एजेण्डा निर्धारण गर्न सोमबार पोलिटब्युरो बैठक बसेको थियो। उक्त बैठकमा एमसीसी पास गर्नुपर्ने कारणबारे अध्यक्ष माधव नेपालले व्याख्या गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .