ad ad

राजनीति


इटहरीमा माधव नेपाल : एमाले नेता भित्र्याउने आशमा आए, लोसपाका कार्यकर्ता भित्र्याए

इटहरीमा माधव नेपाल : एमाले नेता भित्र्याउने आशमा आए, लोसपाका कार्यकर्ता भित्र्याए

कृष्ण बहाब
चैत २१, २०७८ सोमबार १८:१२, इटहरी

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल सोमबार इटहरी आए।

नेपाल आएको बेला एमालेका हेभिवेट नेताहरुलाई एकीकृत समाजवादीमा प्रवेश गराउने हल्ला थियो। तर, त्यसो भएन।

स्थानीय चुनावको मुखमा द्वारिकलाल चौधरीको एमाले भित्र अन्तरद्वन्द्व बढ्दै गएकोले एसमा जाने हुन कि भन्ने चर्चा चलाइएको थियो।

चौधरी मात्र हैन, एमाले जिल्ला कमिटीको अधिवेशन ताका असन्तुष्ट कार्यकर्ता समेत एसमा ठूलो मात्रामा ल्याउने चर्चा चर्चामा मात्र सीमित भयो।

एमाले नेता प्रवेश गराउने दाउमा आएका नेपालले लोसपाका कार्यकर्ताहरूलाई भने प्रवेश गराए।

इटहरीमा खासै संगठन नदेखिएको लोसपाको सिंगो नगर कमिटीलाई प्रवेश गराएको नेकपा एसको दाबी छ।

कार्यकर्तासँग नाचेर सम्बोधन गरेका नेता नेपालले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई धूलो चटाउने बताए।  

उनले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको र कलम चिन्हप्रति जनताको आकर्षक बढेको दाबी गरे। 

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केपी ओली सरकारको पालामा भ्रष्टाचार भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए।

उनले झापाको गिरीबन्धु टी स्टेटको जग्गा घोटाला काण्डको तत्काल छानबिन गरी ओली लगायत दोषीमाथि कारबाही गर्न माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .