राजनीति


रमण कन्ट्रक्सन छाड्दै जनकपुरधामको मेयर पदमा उम्मेदवारी घोषणा

रमण कन्ट्रक्सन छाड्दै जनकपुरधामको मेयर पदमा उम्मेदवारी घोषणा

शैलेन्द्र महतो
चैत २६, २०७८ शनिबार १९:०, जनकपुरधाम

रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी निर्माण व्यवसायी महतोले आसन्न स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरको प्रमुख पदमा उम्मेदवार बन्ने उद्घोष गरेका हुन्। 

तीस वर्षदेखि निर्माण व्यवसायीका रूपमा कार्यरत महतोले आफ्नो पेसा नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जनकपुरधाम उपमहानगरको विकासका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए।

अब आफू समाजसेवा र विकासमा केन्द्रित हुने उनको भनाइ छ।

सरकारी कर्मचारी बनेर १७ वर्ष सेवा गरेपश्चात् जागिर छाडेर २०४७ सालदेखि निर्माण व्यवसायमा लागेका थिए।
‘मैले व्यवसायमा लागेर सम्पत्ति कमाएँ। अब विशुद्ध रुपमा समाजसेवा र जनकपुरधामको सर्वाङ्गीन विकासका लागि मेयर पदमा आउन चाहेको हुँ’, उनले भने। 

काठमाडौंको धरहरा पनि उनको रमण कन्ट्रक्सनले नै निर्माण गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .