राजनीति


मधेश प्रदेशमा गठबन्धन दलसँग तालमेल गर्ने यस्तो छ माओवादी प्राथमिकता

मधेश प्रदेशमा गठबन्धन दलसँग तालमेल गर्ने यस्तो छ माओवादी प्राथमिकता

शैलेन्द्र महतो
चैत २७, २०७८ आइतबार १९:३९, जनकपुरधाम

नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेशमा आवश्यकता अनुसार सत्ता गठबन्धन दलसँग तालमेल गर्ने भएको छ।

आवश्यकता र औचित्यको आधारमा गठबन्धन भित्रका दलसँग तालमेल गर्ने सर्कुलर केन्द्रले पठाएको माओवादी केन्द्रका मधेश प्रदेश सचिव योगकुमार बरबरिया यादवले जानकारी दिए। 

पार्टी सर्कुलर अनुसार पहिलो प्राथमिकता क्रममा नेकपा (एकीकृत समाजवादी) दोस्रोमा जनता समाजवादी पार्टी (जसपा) र तेस्रोमा नेपाली कांग्रेस छ।  

‘वडास्तरसम्म सम्भावना अनुसार आवश्यकता र औचित्यको आधारमा दलहरूसँग चुनावी तालमेल गर्न सकिन्छ। तर, सबै स्थानीय तहमा चुनावी तालमेल नहुन पनि सक्छ’ उनले भने। 

गत चैत २० गते जनकपुरधाममा बसेको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेलको विषयमा छलफल गरेको थियो। सो बैठकबाट सबै दलले चैत २२ गतेसम्म सबै पालिकाको दलहरूको स्थितिबारे तथ्यांकसहितको प्रतिवेदन केन्द्रमा पठाउने निर्णय गरेको थियो। 

चुनावी तालमेलको विषयमा गठबन्धन सकारात्मक रहेको पनि बताइएको थियो। 

जिल्ला जिल्लाबाट प्रतिवेदन आइसकेपछि पुनः मधेश प्रदेशमा सत्ता गठबन्धनको बैठक बस्ने दलहरूको तयारी छ। जिल्लाहरूबाट प्रतिवेदन आइसकेपछि पुनः गठबन्धनको बैठक बस्ने माओवादी केन्द्रका मधेश प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .