ad ad

राजनीति


जसपाको भागमा परेको जनकपुरमा कांग्रेसले गर्‍याे मेयर-उपमेयर सिफारिस

जसपाको भागमा परेको जनकपुरमा कांग्रेसले गर्‍याे मेयर-उपमेयर सिफारिस

शैलेन्द्र महतो
बैशाख ७, २०७९ बुधबार २१:५१, जनकपुरधाम

सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख जनता समाजवादी पार्टीलाई दिने निर्णय लगत्तै नेपाली कांग्रेसले सोही पदमा तीनजनाको नाम सिफारिस गरेको छ। 

जनकपुरधाम नगर समितिले उपमहानगरको मेयर तथा उपमेयरका लागि तीन/तीन जनाको नाम सिफारिस गरेको हो। 

मेयरका लागि नगर सभापति मनोज साह, उपसभापति राकेश विक्रम साह र किशोरी साहको नाम सिफारिस गरिएको नगर सचिव लालबाबु मिश्रले जानकारी दिए।

त्यस्तै, उपप्रमुखमा इन्दिरा चौधरी, रुना झा र शान्ति विष्ट घिमिरेको नाम सिफारिस गरेको हो।  

गठबन्धनको सो निर्णयप्रति कांग्रेस नगर समितिले आपत्ति जनाएको छ। सो निर्णय कदापी स्वीकार्य नहुने र सच्याउन कांग्रेसले माग समेत गरेको छ। सो निर्णय नसच्याए कडा कदम उठाउने चेतावनी समेत नेता कार्यकर्ताले दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .