ad ad

राजनीति


जसपाबाट टिकट नपाएपछि नगर प्रमुख यादव लोसपा प्रवेश गरे

जसपाबाट टिकट नपाएपछि नगर प्रमुख यादव लोसपा प्रवेश गरे

शैलेन्द्र महतो
बैशाख ११, २०७९ आइतबार १४:५, जनकपुरधाम

धनुषाको गणेशमान चारनाथ नगर प्रमुख रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा)बाट मेयरमा टिकट नपाएपछि उनी लोसपा प्रवेश गरेका हुन्।

आइतबार बिहान जसपाको बैठकमा टिकट वितरण गर्ने क्रममा कुटाकुट समेत भएको छ। त्यसपछि उनले पार्टी परित्याग गर्दै लोसपा प्रवेश गरेका हुन्।

लोसपा प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया र संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले उनलाई पार्टी प्रवेश गराएका हुन्।

उनी २०७४ को निर्वाचन तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .