ad ad

राजनीति


रोचक राजनीति : जसलाई एमालेमा प्रवेश गराए, उनैले मेयरको टिकट खोसिदिए

रोचक राजनीति : जसलाई एमालेमा प्रवेश गराए, उनैले मेयरको टिकट खोसिदिए

शैलेन्द्र महतो
बैशाख १२, २०७९ सोमबार १२:२३, जनकपुरधाम

धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेले निवर्तमान मेयर हरिनारायण महतोको टिकट खोसेको छ। 

नेकपा एमाले नगर समितिबाट एकल सिफारिस भएका महतोको टिकट अन्ततः  राजाराम महतोले पाउन सफल भएका छन्।

राजाराम पूर्व रियलस्टेट व्यावसायी हुन्। २०७४ को निर्वाचनमा काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर उनले चुनाव लडेका थिए। 

जसकाकारण एमालेबाट हरिनारायणलाई जित्न सहज भएको थियो।

एमाले धनुषा जिल्ला अध्यक्ष रहिसकेका हरिनारायणले टिकट वितरणमा रातारात खेल भएको बताए। 

उनले सोमबार बिहानमात्रै आफूलाई टिकट नदिने निर्ण भएको बताए। महतोले नेता रघुवीर महासेठ टिकट वितरणमा मनोमानी गरेको आरोप लगाए।

अब यसबारेमा थप रणनीति बनाउन नेता कार्यकर्तासँग छलफल गरिरहेको उनले बताए। 

राजारामलाई हरिनारायणले नै पहल गरेर केही वर्षअगाडि एमालेमा प्रवेश गराएका थिए। निवर्तमान मेयर हरिनारायण एमालेका केन्द्रीय सदस्य हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .