नेकपा एमालेका तर्फबाट पोखरा महागनरपालिकाका मेयर र र उपमेयरका उम्मेदवार कृष्ण थापा र मञ्जुदेवी गुरुङ उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुगेका छन्।
दलबलसहित निर्वाचन आयोग पुगेका उनीहरुको अनुहारमा उत्साह छ। त्योभन्दा बढी उत्साह चाहिँ मेयरको उम्मेदवार पल्टाउन सफल एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीको आँखामा देखिएको छ।
आफ्ना उम्मेदवारसँगै जुलुसमा सहभागी भएका खगराजकै जोडवलले अन्तिम समयमा कृष्ण थापाले मेयरको टिकट पाएका थिए। एमालेको जुलुसमा खगराजसहित जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, अञ्चल कमिटीका अन्य पदाधिकारी देखिए पनि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरु भने देखिएनन्।
गण्डकीको एकमात्र महागनरको मेयरले उम्मेदवारी दर्ता गराउँदा पृथ्वीसुब्बा भने पोखराकै आफ्नो निवासमा आराम गरिरहेका छन्।
Shares
प्रतिक्रिया