ad ad

राजनीति


सिर्जनाबारे विपक्षीलाई आरजुको चेतावनी : महिला हो, कसैको श्रीमती हो भनेर ‘अन्डर एस्टिमेट’ नगरून्

मतदाताको घरघरमा पुगेर मत माग्न आग्रह
सिर्जनाबारे विपक्षीलाई आरजुको चेतावनी : महिला हो, कसैको श्रीमती हो भनेर ‘अन्डर एस्टिमेट’ नगरून्

चाक्सीबारीमा आयोजित कार्यक्रममा आरजु राणा र सिर्जना सिंहसहित


नेपालखबर
बैशाख १३, २०७९ मंगलबार १६:५, काठमाडौँ

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले काठमाडौं महानगरपालिकाको प्रमुखमा टिकट लिएकी सिर्जना सिंहलाई घरघर पुगेर भोट माग्न सुझाव दिएकी छन्।  

चाक्सीबारीमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले सिर्जनालाई यस्तो सुझाव दिएकी हुन्।

'तपाईंले टिकट पाउँदा म एकदमै खुसी छु। यो महानगर अरु निर्वाचन क्षेत्रभन्दा पनि ठूलो हो। काठमाडौंमा कतिवटा निर्वाचन क्षेत्र छन् मलाई थाहा छैन', तर गणेशमान सिंह, मंगला आमा जस्ता नेता भएको परिवारकी तपाईंले कुशलतापूर्वक घर चलाउनु भयो। एकजना जेठाजु र तीनजना आमाजूलाई पनि चलाएर धानेर अघि बढेको मान्छे हो तपाईं। घर चलाउन एकदमै गाह्रो छ।'

उनले सिर्जनाले कुशलतापूर्वक महानगर हाँक्ने पनि बताइन्। 'सिर्जनाले महानगर हाँक्छिन् भन्ने मलाई सय होइन, हजार प्रतिशत विश्वास छ। सिर्जनाले राजनीति छाडेको होइन। राजनीतिमै हुनुहुन्छ', उनले भनिन्, 'हामी महिलालाई कमजोर नठान्नु, पद नलिएको मात्रै हो। महिला हो, फलानोको श्रीमती हो भनेर कसैले अन्डर स्टिमेट नगरुन्।'

उनले सिर्जनालाई सिरियस ठानेर उम्मेदवारी दिएको बताइन्। 'पार्टीको चिह्न पनि नहेर्नुस्, सिर्जना सिंहलाई हेरे भोट दिनुस्', उनले थपिन्, 'भोटरलाई नभेट्दा मैले हारेँ तपाईंले त्यसो नगर्नु। यस्ता सभाहरू धेरै नगरौँ म फसेको छु।'

उनले आफूलाई साथी र सहयोगीहरुले सभामै अल्मल्याएर राख्दा हारेको बताइन्। 'साथीहरुले माया गर्ने, सभामा जाने तर भोटरकहाँ नजाने गर्दा म फसेँ। अब यस्ता सभाभन्दा घर घरमा गएर मतदाता भेटौँ', उनले सुझाउँदै भनिन्, 'मलाई त साथीहरुले घेरेर राखे, भोटरकहाँ पुग्न नसक्दा समस्या भयो। तर यहाँ घर घरमा पुगौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .