राजनीति


जनकपुरमा पाँच दलको सभा : कार्यकर्ता बोक्न भारतीय गाडी, भाषण सुन्न बालबालिका

जनकपुरमा पाँच दलको सभा : कार्यकर्ता बोक्न भारतीय गाडी, भाषण सुन्न बालबालिका

पाँच दलको चुनावी सभामा प्रयोग भारतीय गाडी। तस्बिर : नेपालखबर


शैलेन्द्र महतो
बैशाख २४, २०७९ शनिबार १९:५८, जनकपुरधाम

मधेश प्रदेशको राजधानी जनकपुरधाममा सत्तारुढ पाँच दली गठबन्धनले शनिबार गरेको चुनावी सभामा निर्वाचन आचारसंहिताको व्यापक उलंघन गरिएको छ।

पाँच दलका नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवसहितको भाषण सुन्ने कार्यकर्ता बोक्न अधिकांश भारतीय गाडी र मोटरसाइकलको प्रयोग भएको छ।

विशेषगरी जनता समाजवादी पार्टी मुख्य आयोजकका रुपमा रहेको यो सभामा कांग्रेसले पनि कार्यकर्ता ओसारेको थियो।

दुवै दलले गाउँ गाउँबाट कार्यकर्ता ओसार्न भारतीय गाडी प्रयोग गरे। जनकपुर बजारमा भारतीय गाडी र मोटरसाइकल शनिबार छ्यापछ्याप्ती देखिए।

अर्कातिर जसपा र कांग्रेसका मात्रै कार्यकर्ता सहभागी सभामा सयौँको संख्यामा बालबालिका पनि ल्याइएको थियो।

धेरैभन्दा धेरै भाषण सुन्ने जुटाउने नाममा धनुषाका गाउँ गाउँबाट सयौँ बालबालिकालाई जनकपुरमा जम्मा गरिएको थियो।

केही समयअघि निर्वाचन आयोगले भारततर्फबाट हुन सक्ने चुनाव प्रचारमा निगरानी बढाउन सरकारलाई भनेको थियो।

तर सरकारमा सहभागी दलहरुले नै निर्वाचन आचारसंहिता लत्याउँदै भारतीय गाडीको प्रयोग गरे। अर्कातिर कलिला बालबालिकालाई पनि जुलुसमा सहभागी गराएर नेताहरुका भाषण सुन्ने कार्यक्रममा राखियो। 

पाँच दलले कार्यकर्ता ओसार्न प्रयोग गरेका भारतीय गाडी

पाँच दलको सभामा ल्याइएका बालबालिका

सभामा गाउँबाट ल्याइएका महिला र बालबालिका

पाँच दलले प्रयोग गरेका भारतीय गाडी

सत्ताधारी दलका झन्डा सजिएका भारतीय मोटरसाइकल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .