ad ad

राजनीति


कर्ण मल्लले भने : देउवाले डडेल्धुराका जनतालाई ३२ वर्ष ठगे, राजधानी धनगढी लगे

कर्ण मल्लले भने : देउवाले डडेल्धुराका जनतालाई ३२ वर्ष ठगे, राजधानी धनगढी लगे

चुनावी कार्यक्रमका क्रममा कर्ण मल्ल। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख २७, २०७९ मंगलबार २१:२६, कञ्चनपुर

नेपाली कांग्रेसबाट कारबाहीमा परेका डडेल्धुरा जिल्ला कार्यसमितिका पूर्व सभापति कर्ण मल्लले प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी डडेल्धुरा सार्छु भनेर झुटो बोलको आरोप लगाएका छन् ।

मंगलबार सदरमुकाममा कांग्रेस बीपीको चुनावी कोणसभालाई सम्बोधन गर्दै मल्लले देउवाले संविधानको खिल्ली उडाउँदै झुटो बोलको आरोप लगाएका हुन्। 

'जुन बेला प्रधानमन्त्री देउवाको एक हस्ताक्षरमा राजधानी डडेल्धुरा आउन सक्थ्यो। त्यो बेला नगरेर कैलाली लगेर चुनावको मुखमा मतदातालाई ठग्न खोजियो', मल्लले भने।

देउवाले संविधानमाथि धावा बोलेको आरोप पनि मल्लले लगाएका छन्। 

‘जुन संविधानको सपथ खाएर प्रधानमन्त्री बन्नु भएको छ, त्यही संविधानमाथि धावा बोल्नु भएको छ। संविधानको धारा २८८ को २ मा प्रष्ट व्यवस्था छ– कुनै पनि प्रदेश राजधानी तोक्ने अधिकार त्यो प्रदेश सरकारको निर्णयबाट र संसंदको दुईतिहाइबाट हुन्छ। तर उहाँले संवैधानिक व्यवस्थालाई चुनौती दिनुभएको छ,’ उनले भने।

डडेल्धुरा राजधानी हुने बेला प्रधानमन्त्रीको दस्खतले डडेल्धुरामा आउने अवसर खेर गएको उनले बताए। 'त्यति खेर चाहिँ धनगढीमा राजधानी तोक्नु भयो', उनले भने,'आज डडेल्धुराका मतदातालाई फेरि भ्रममा पार्न झुट बोल्नु भएको छ।’

प्रधानमन्त्री जस्तो सम्मानित व्यक्तिले संविधानमाथि धावा बोलेर चुनावका बेला जनतासँग झुटो बोलेको सम्भवतः कहीँ प्रमाण नभएको उनले उल्लेख गरे । 

‘३२ वर्ष यहाँका जनतालाई ठग्नु भयो, ३२ वर्ष तपाईँको पथमा हिँडेका हामीजस्ता कार्यकर्तालाई पीडामा त राख्नु भयो,’ उनले भने, ‘अब अमरगढीको विकासलाई अवरोध गर्ने गरी यहाँ जनतालाई भ्रममा पार्ने कुचेष्टा नगरिदिनुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .