ad ad

राजनीति


प्रदेश सांसदकै नाम मतदाता सूचीबाट हट्यो, सावित्राले भोट हाल्न पाइनन्

प्रदेश सांसदकै नाम मतदाता सूचीबाट हट्यो, सावित्राले भोट हाल्न पाइनन्

सुमन पुरी
बैशाख ३०, २०७९ शुक्रबार १०:३२, विराटनगर

निर्वाचन आयोगको लापरबाहीका कारण प्रदेश सभा सदस्य सावित्रा रेग्मी समस्यामा परेकी छन्। 

उनको नाम मतदाता नामावलीको सूचीबाट हटेको छ। 

मतदान गर्न विराटनगर महानगरपालिका-३ स्थित पुसेट कलेज निर्वाचन केन्द्रमा पुगेकी रेग्मीको नाम सूचीमा भेटिएन। 

नाम नभेटिएपछि उनले त्यहाँ मतदान अधिकृतसँग सोधीखोजी गरिन्। 

सोधीखोजीका क्रममा उनको नाम सुन्दर हरैँचा नगरपालिका वडा नम्बर-९ मा भेटिएको छ। 

अघिल्लो स्थानीय तहको निर्वाचनमा उनले त्यही केन्द्रबाट मतदान गरेकी थिइन्। 

उनी विराटनगरकी स्थायी बासिन्दा हुन् । प्रदेश सभा सदस्य रेग्मीले सधैँ मत हालिरहेको हुनाले यस पटक चेक नगरी जाँदा यस्तो भएको हो। 

मत हाल्न जाँदा सुचीमा नामै नभएको उनले बताइन्। 

'यस पटक मैले सूची चेक गरिन। मत हाल्न जाँदा सूचीमा नामै छैन', उनले भनिन्।

रेग्मीले निर्वाचन आयोगको लापरबाहीका कारण आफू समस्यामा परेको बताइन्। 

उनले विवाह गरेर आएदेखि विराटनगर-३ बाट मत हाल्दै आएकी थिइन्। 

'शुरुमा पोखरिया केन्द्रबाट मत हाल्दै आएकी थिएँ', उनले भनिन्, 'गत निर्वाचनबाट पुसेट कलेज मतदानस्थलबाट मत हालेकी हुँ।'

उनले निर्वाचन आयोगको लापरवाहीले मत हाल्नबाट बञ्चित भएको बताइन्। 

'सुन्दरहरैचा-९ नम्बरमा नाम छ भन्दै हुनुहुन्छ। सुन्दर हरैँचामा कसरी पुर्याइयो यसको छानबिन हुन पर्छ', उनले भनिन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .