ad ad

राजनीति


छाङ्गरु र तिंकरमा ३ सय ५५ मत खस्यो, हेलिकप्टरबाट सुनसेरामा ल्याइँदै

छाङ्गरु र तिंकरमा ३ सय ५५ मत खस्यो, हेलिकप्टरबाट सुनसेरामा ल्याइँदै

छाङ्‌गरुमा रहेको मतदान केन्द्र। तस्बिर : नेपालखबर


गोकुल जोशी
बैशाख ३०, २०७९ शुक्रबार १७:४३, कन्चनपुर

भारतद्वारा अतिक्रमित कालापानी नजिक पर्ने दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकर र छाङ्गरुमा ३ सय ५५ मत खसेको छ। 

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतदानमा छाङ्गरु र तिंकर दुवै केन्द्रमा गरेर कूल ३ सय ५५ मत खसेको व्याँस गाउँपालिकाका सहायक निर्वाचन अधिकृत कृष्णानन्द बडूले जानकारी दिए।

‘शान्तिपूर्ण मतदान भएको छ, ५ बजेभित्र लाइन लागेका सबैले मतदान गरिसकेका छन् ,’ उनले नेपालखबरसँग भने, ‘सर्वदलीय बैठक बसेर मतगणनाको निर्णय गरिन्छ।’

उनका अनुसार छाङ्गरुमा २ सय १९ मत र तिंकरमा १ सय ३६ मत खसेको छ। दुई मतदान केन्द्र रहेको छाङ्गरु र तिंकरमा कूल ६ सय ६ मतदाता छन्। 

तिंकरको मोती महिला संघ आधारभूत विद्यालय केन्द्रमा २३१ र छाङरुको कैलाशवती आधारभूत विद्यालय मतदान केन्द्रमा ३७५ जना मतदाता रहेका छन्।

व्याँस गाउँपालिकाका मतगणना गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ स्थित सुनसेरामा गरिने निर्वाचन कार्यालयले जनाएको छ। तिंकर र छाङ्गरुको मतपेटिका पनि गणनाका लागि सुनसेरा नै झिकाइने सहायक निर्वाचन अधिकृत बडूले बताए।

नेपाली भूमिबाट छाङ्गरु र तिंकर जाने बाटो नहुँदा त्यहाँका मतपेटिका शनिबार (भोली) बिहान हेलिकप्टरमार्फत गणनाका लागि सुन्सेरा ल्याइने छ।

यसअघि निर्वाचन सामाग्री, सुरक्षाकर्मी पनि नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु तिंकर पठाइएको थियो। चिसो छल्न सदरमुकाम खलंगा झरेका छाङ्गरु, तिंकरबासी मतदानका लागि भारतीय बाटोको प्रयोग गरेर त्यहाँ पुगेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .