विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्नो जित पक्का गर्दै लगेका छन्।
विराटनगर महानगरपालिकाको जारी मतगणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको पछिल्लो परिणाम अनुसार कोइरालाले ६ हजार १४८ मतको अग्रता बनाएका छ्न्।
हालसम्म ७५ हजार ३४१ मत गनिसक्दा नागेशको पक्षमा २४ हजार ५६३ मत खसेको छ। उनलाई पछ्याइरहेका नेकपा एमालेका सागर थापा १८ हजार ४१५ मतमा समेटिएका छन्।
त्यस्तै जनता समाजवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ७ हजार ४९७ मत ल्याएका छन्।
उपमेयरतर्फ एमालेकी शिल्पा कार्कीले करिब १० हजार मतको फराकिलो अग्रता बनाएकी छन्। उनले हालसम्म २१ हजार ३८२ मत ल्याएकी छन्। उनलाई पछ्याइरहेका गठबन्धनबाट जनता समाजवादीका अमरेन्द्र यादव १२ हजार १०४ मतमा समेटिएका छन्।
Shares

प्रतिक्रिया