ad ad

राजनीति


कपिलवस्तु जिसस प्रमुखमा एमालेका बाबुराम आचार्य गोलाप्रथाबाट चयन

कपिलवस्तु जिसस प्रमुखमा एमालेका बाबुराम आचार्य गोलाप्रथाबाट चयन

सुदीप भण्डारी
जेठ २७, २०७९ शुक्रबार १५:२०, बुटवल

जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन्।

गोलाप्रथामा उनले कांग्रेसका ज्ञानबहादुर कार्कीलाई पराजित गरेका हुन्।

आज भएको मतदानमा दुवै पक्षको बराबर अर्थात १०–१० मत आएपछि गोलाप्रथाबाट नेतृत्व चयन गरिएको हो। उपप्रमुखमा भने लोकतान्त्रिक समाजवादी पार्टीका रमेश कुर्मी विजयी भएका छन्। 

जिसस कपिलवस्तुको चुनावमा एकातिर एमाले, लोसपा र राप्रपा तथा अर्को तर्फ कांग्रेस माओवादी र जसपा गठबन्धन भएर चुनाव लडेका थिए। 

जिसस प्रमुखसँगै ७ सदस्यको मत बराबर आएपछि गोलाप्रथा गरिएको थियो। 

जसअनुसार कांग्रेससहितको गठबन्धनका कांग्रेसकी सुनिता चमार र मनोहर धुनिया, माओवादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी र जसपाका रामु अहिर र सन्ध्या पौडेल सदस्यमा निर्वचित भएका छन्।

यस्तै, गोलाबाट एमालेकी सकुन्तला भन्डारी र सुमित्रा दमै निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .