जिल्ला समन्वय समिति (जिसस) पर्साको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का निरञ्जन साह सोनार विजयी भएका छन्।
शुक्रवार सम्पन्न निर्वाचनमा उनी १५ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजजवादी पार्टी (लोसपा) का उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका थिए।
सोनार वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य हुन्।
त्यसैगरी उपसभापतिमा एमालेका पूर्ण प्रसाद कुर्मी, सदस्यमा जसपाका बैजन्ती देवी, राजपति देवी, बिनय प्रसाद कुर्मी, एमालेका श्रीकान्ती देवी, सुशिला कामी, रामप्रसाद यादव, सलिम मियाँ अन्सारी निर्वाचित भएका छन्।
पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा प्रमुख र उपप्रमुख गरी २८ जना मतदाता रहेका थिए।
वैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा कांग्रेसबाट १२, एमालेबाट १०, जसपाबाट ५ र लोसपाबाट १ गरि कूल २८ प्रमुख–उपप्रमुख निर्वाचित भएका थिए।
Shares

प्रतिक्रिया