ad ad

राजनीति


राजनीतिमा होमिएका रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव : हामीले गरेको कमजोरीबाट सिक्ने प्रयास गर

राजनीतिमा होमिएका रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव : हामीले गरेको कमजोरीबाट सिक्ने प्रयास गर

नेपालखबर
असार ७, २०७९ मंगलबार १७:२३, काठमाडौँ

सञ्चारकर्म त्याग्दै राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन्।

पुराना दलको विकल्पमा नयाँ दल गठन गर्ने क्रम जारी रहे पनि अहिलेसम्म कुनैले सफलता भने हासिल गर्न सकेका छैनन्। 

पत्रकारिता नै छाडेर वैकल्पिक राजनीति भन्दै साझा पार्टी स्थापना गरेका रवीन्द्र मिश्र पनि अन्ततः असफल भएका छन्। 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको लज्जास्पद हार भएपछि मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

यसअघि पार्टीका अर्का संयोजक मिलन पाण्डे पक्षसँग उनको चर्काे मतभेद भइरहेको थियो। अध्यक्ष मिश्रले संयोजक पाण्डेलाई पार्टीबाटै निकालेको घोषणा गरे।  

अहिले नयाँ दल खोलेका रवि लामिछानेलाई सफताको शुभकामना दिँदै मिश्रले आफूहरूको हविगतबाट पाठ सिक्न सुझाव दिएका छन्। 

‘मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी’, मंगलबार सामाजिक सञ्जालमार्फत मिश्रले भनेका छन्, ‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .