राजनीति


हजयात्रीलाई गृहमन्त्री खाणद्वारा बिदाइ

हजयात्रीलाई गृहमन्त्री खाणद्वारा बिदाइ

नेपालखबर
असार १०, २०७९ शुक्रबार ९:२६, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान १ सय १३ हजयात्रीलाई बिदाइ गरेका हुन्।

यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५ सय ५५ जनाको कोटामध्ये शुक्रबार (१० असार) बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो।

हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए। हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने विश्वासपनि उनले व्यक्त गरे।

हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सहितको उपस्थिति थियो । ६ असारदेखि दैनिक एयर अरेबियाको हवाइजहाजबाट एक टोली हज गर्न गइरहेको छ।

नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेद्दास्थित महावाणिज्यदूतावासले समन्वय गर्दै आएको छ।

महावाणिज्यदूतावासबाट १० जनाको स्वयमसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ। टोलीमा ८ जना डेलिकेट्स् र ३ जना मेडिकल सपोर्ट टीम सहभागी छ। हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कने छ।

मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्न जाने गर्दछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .