ad ad

राजनीति


उपेन्द्र-बाबुराम विवादबीच जसपाले बोलायो केन्द्रीय समिति बैठक

उपेन्द्र-बाबुराम विवादबीच जसपाले बोलायो केन्द्रीय समिति बैठक

फाइल तस्बिर


नेपालखबर
असार १६, २०७९ बिहिबार १६:४५, काठमाडौँ

दुईजना अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीचको विवादले उग्र रुप लिइरहेका बेला जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।

उक्त पार्टीले आगामी असार २७ र २८ गते पर्साको वीरगञ्जमा बस्ने गरी केन्द्रीय समिति बैठक डाकेको हो। 

उक्त बैठकका एजेन्डा भने तय भइनसकेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले दिएका छन्। 

जसपा यादव र भट्टराईबीच एकले अर्कालाई अल्पमतमा पार्ने होड जारी छ। पछिल्लो पटक अल्पमतमा परेपछि जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी नै छाड्ने योजना बनाएका छन्। 

भट्टराईलाई साथ दिएका निर्णायक नेताहरुले साथ छोडेर यादवतिर खुलेका छन्। 

वरिष्ठ नेता अशोक राई, संघीय सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादव लगायत नेताहरुले डा. भट्टराईको साथ छोडेपछि उनी पार्टीमा अल्पमत परेका छन्। 

मोहम्मद र प्रदीप बुधबारदेखि अध्यक्ष उपेन्द्र यादव पक्षमा खुलेका छन्। वरिष्ठ नेता राईले पनि उपेन्द्रकै पक्षमा लाग्न ‘ग्रिन सिग्नल’ दिएपछि भट्टराई संकटमा परेका छन्। 

यस्तोमा उनले अब जसपाबाट बिदा लिने निष्कर्ष निकालेका छन्। पार्टी विभाजनका लागि समेत संख्या नपुग्ने अवस्था भएपछि भट्टराईलाई समस्या भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .