अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा कुनै त्रुटी नगरेको दाबी गरेका छन्।
बुधबार बसेको संसद बैठकमा धारणा राख्दै उनले स्थापित मूल्य र मान्यताकै आधारमा बजेट बनेको बताए।
‘बजेट निर्माण गर्दा कुनै त्रुटी गरेको छैन, स्थापित मूल्य मान्यताका आधारमा बजेट निर्माण भएको छ। करको दररेट हेरफेर गर्ने विषयमा दुईवटा सचिवलाई नीतिगत निर्देशन गरेको छु,’ अर्थमन्त्री शर्माले भने, ‘म जेठ १४ गते बेला साढे ११ बजे क्वाटर पुगेर सुतेको र जेठ १५ गते विहान ६ बजे मन्त्रालय पुग्दा सचिवहरु काम गरिरहनुभयो।’
मन्त्री शर्मा बोल्दै गर्दा एमालेले भने संसद बैठक बहिस्कार गरेको छ। सांसद योगेश भट्टराई बोलेपछि बहिस्कार गरेको हो।
9
Shares

प्रतिक्रिया