सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको छ।
पार्टी पुनर्गठन गर्ने सबै अधिकार कार्यकारिणि समितिलाई दिएको छ।
कार्यकारिणी बैठक शनिबारसम्म बस्ने समझदारी पनि बनाएको छ। 'जसपा रुपान्तरण गर्ने सम्भावना छैन, पुनर्गठन गर्नैपर्ने डा. बाबुराम भट्टराईको प्रस्ताव अनुमोदन गर्यो, कार्यकारिणी सदस्यले नेपालखबरसँग भने, 'पार्टी पुनर्गठन गर्ने अधिकार कार्यकारिणी लाई दिएको छ। कार्यकारिणीको बैठक शनिबारभित्र बस्नेछ।'
'अब जसपा पुनर्गठन हुन्छ, कार्यकारिणीले सबै काम गर्छ,' ती नेताले भने।
गत पुसदेखि पार्टीभित्र चर्किएको विवादले उग्र रुप लिएको ७ महिनापछि जसपा फुटेको छ।
केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको वीरगञ्जमा बुधबादेखि केन्द्रीय समिति बैठक राखेका छन्।
बुधबारको बैठकमा उनले भट्टराई लगायत नेतामाथि अनुशासनको कारवाहीदेखि विधान संशोधन, केन्द्रीय र कार्यकारिणी समिति पुनर्गठन लगायत १० एजेन्डा पास गरेका छन्।
भट्टराई पक्षमा जम्मा १६० जना
जसपा स्रोतका अनुसार भट्टराई पक्षमा १६० जना केन्द्रीय सदस्य खुलेका छन्।
1.8k
Shares

प्रतिक्रिया