नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग भेट हुनसक्ने बताएका छन्।
भारतीय जनता पार्टी (भाजपा) को निम्तामा भारत भ्रमणमा जान लागेका प्रचण्डले विमानस्थलमा संचारकर्मीले सोधको प्रश्नको जवाफमा आरजुसँग भेट हुनसक्ने बताएका हुन्।
यसबारेमा शुक्रबारै बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि प्रचण्डले कुराकानी गरेको बताए।
‘मैले आज बिहान प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु, उहाँसँग भेट पनि हुनसक्छ,’ प्रचण्डले भने, ‘तर, उहाँ अर्कै उदेश्यले जानुभएको छ म मेरो आफ्नै उदेश्यले जाँदैछु।’
प्रधानमन्त्री पत्नी राणा आफ्नो स्वास्थ्योपचारको कारणले भारत गएको प्रचण्डले बताए।
126
Shares
प्रतिक्रिया