राजनीति


एकल बहुमतको लक्ष्यसहित सत्तारुढ दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय (पूर्णपाठ)

एकल बहुमतको लक्ष्यसहित सत्तारुढ दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय (पूर्णपाठ)

फाइल तस्बिर


केशव सावद
साउन २, २०७९ सोमबार १७:१६, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन दलहरुसँग चुनावी तालमेल गरेर जाने निर्णय लिएको छ।

एक सातासम्म बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो। 

'वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ', कांग्रेसले निर्णयमा भनेको छ। 

कांग्रेसले यो चुनावी तालमेल ५ वर्षसम्म स्थिर सरकारका लागि गर्न लागिएको पनि जनाएको छ। कांग्रेसले गठबन्धन दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्ने भएको छ।

'आमनेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ', निर्णयमा भनिएको छ, 'तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवम् शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसंग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .