खेल


टी-२० लिगमा सहभागी हुने चार टोली र स्वामित्वको नाम सार्वजनिक

टी-२० लिगमा सहभागी हुने चार टोली र स्वामित्वको नाम सार्वजनिक

नेपालखबर
साउन २, २०७९ सोमबार १७:१०, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी–२० लिगमा सहभागी हुने चार टोली र तिनका मालिकको नाम सार्वजनिक भएको छ। 

क्यानले सोमबार काठमाडौमा एक कार्यक्रम गर्दै लिगमा सहभागी हुने ४ टोली र तिनको स्वामित्व रहेको कम्पनी र प्रतिनिधिको नाम सार्वजनिक गरेको हो।

क्यानले गर्न लागेको पहिलो फ्रेन्चाइज लिगमा काठमाडौंको प्रतिनिधित्व गर्ने कान्तिपुर क्यापिटलको स्वामित्व कान्तिपुर मिडिया ग्रुपले लिएको छ। जसको मालिकमा महेश स्वार रहनेछन्। 

अमेरिकामा रहेको नेपाली अल स्टार्सलेले खरिद गरेको लुम्बिनी अल स्टार्सको टिम मालिकमा सञ्जय शर्मा रहनेछन्।

विराटनगर सुपरकिंग्सको टोलीको स्वामित्व भारतको डायमन्ड डिजीक्यापले खरिद गरेको छ। जसको टिम मालिकमा विक्रम यादव रहेका छन्।  

जनकपुर रोयल्सको स्वामित्व भारतको गोल्ड स्पोर्ट्स प्रालिले लिँदा गौरी शंकर धमानी टिम मालिकको रुपमा रहनेछन्।  

पोखरा र फार वेस्टर्नको टोलीको विषयमा भने केही दिनमा सार्वजनिक गरिने क्यानले बताएको छ। 

नेपाल टी२० लिग आगामी असोज ८ देखि कार्तिक ५ हुँदैछ। डबल राउण्ड रोविनमा हुने लिग होम एण्ड अवेको आधारमा हुनेछ। 

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेडमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन्। 

नेपाल टी२० आयोजना गर्न क्यानले भारतिय कम्पनी थ्रि स्पोर्ट्ससँग ८ वर्षको लागि ३३ करोड रुपैयाँमा सम्झौता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .