राजनीति


सुगौली सन्धी र दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपी आइलागे : विप्लव

सुगौली सन्धी र दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपी आइलागे : विप्लव

नेपालखबर
साउन २, २०७९ सोमबार १६:५८, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताएका छन्।

सोमवार काठमाडौंमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै उनले इतिहासमै पहिलो पटक नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताएका हुन्। 

उनले सुगौली सन्धी र दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपीहरु नेपालमा आइलागेको बताए।

उनले नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै संसदवादी पार्टीहरु देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको दाबी गरे। 

महासचिव चन्दले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरु राखेर भइरहेको बताए। उनले अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरु मात्रै गरेको आरोप लगाए।

महासचिव चन्दले नेपालका संसदवादी पार्टीहरुलाई विदेशी साम्राज्यवादीका एजेण्टहरु भएको आरोप लगाए।

उनले अहिलेको सरकार तीन/तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनैपनि उत्तरदायी काम नगर्ने गरेको आरोप लगाए।

महासचिव चन्दले अहिलेका दलहरुले दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै दशेलाई मोलमलाई गरिरहेको बताए। उनले अहिलेको व्यवस्थालाई मुठीभर लुटेराहरुको व्यवस्थाको संज्ञा दिँदै शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था यो नभएको स्पष्ट पारे।

उनले यो वासिङटन, दिल्ली, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरुको व्यवस्था भएको र यो व्यवस्थामा मुठीभरका मानिसले मोजमस्ती गरिरहेको बताए। महासचिव चन्दले एमसीसी नेपालीको दुःखबाट फाइदा उठाउने नीति भएको पनि दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad