समाज


कोरोनाबाट फेरि सुरु भयो मृत्यु, ४५७ संक्रमित थपिँदा एकजनाले ज्यान गुमाए

कोरोनाबाट फेरि सुरु भयो मृत्यु, ४५७ संक्रमित थपिँदा एकजनाले ज्यान गुमाए

नेपालखबर
साउन २, २०७९ सोमबार १६:४९, काठमाडौँ

नेपालमा फेरि कोरोना संक्रमण विस्तारै उकालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टामा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो अवधिमा एकजना संक्रमितको मृत्यु पनि भएको छ। मन्त्रालयका अनुसार २३ सय ४१ आरटी पीसीआर र २३ सय १० एन्टिजेन विधिबाट परीक्षण हुँदा ४५७ जना संक्रमित भेटिएका हुन्। जसमा एन्टिजेनका ७१ र आरटी पीसीआरका ३८६ जना छन्। 

अहिले नेपालभर सक्रिय संक्रमितको संख्या पनि १७ सय ७६ पुगेको छ। यो अवधिमा ८९ हजार ९ सयले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। 

आइतवार पनि कोरोना संक्रमणबाट एकजनाले ज्यान गुमाएका थिए। पछिल्लो केही सातादेखि दैनिक सय, दुई सय हुँदै दैनिक थपिने संक्रमितको संख्या करिब ५ सयनजिक पुग्न थालेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad