राजनीति


सहयोगलाई निरन्तरता दिन जापानसँग परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

सहयोगलाई निरन्तरता दिन जापानसँग परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ८:४२,

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालमा भएका प्रकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको बताएका छन्।

‘दक्षिण एसियामा प्राकृतिक प्रकोपः हस्तक्षेप, राम्रो अभ्यास र चुनौतिहरु’ विषयमा शुक्रबार जाइकाले गरेको अन्तर्राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालको विकास साझेदारको रुपमा जाइकाले २०७२ सालको भूकम्पपछिको पुनः निर्माणमा गरेको सहयोग महत्वपूर्ण भएको बताएका हुन्। उनले नेपाल उच्च भूकम्पीय जोखिम भएको मुलुक भएकाले पनि जापानको सहयोग प्रकृतिक प्रकोप व्यवस्थापनमा महत्वपूर्ण हुने बताए।

दक्षिण एसिया भौगोलिक तथा हावापानीको दृष्टिकोणले उच्च प्रकृतिक प्रकोप हुने क्षेत्र भएकाले जोखिम न्यूनिकरण र व्यवस्थापनमा बहस आवस्यक रहेको उनले बताए। मन्त्री ज्ञवालीले त्यसका लागि नेपालले भ्रमण वर्ष २०२० को अवसरमा सगरमाथा संवाद गर्न लागेको समेत जानकारी गराए। उनले जाइकालाई नेपालको पुनःनिर्माण, स्वास्थ्य, शिक्षा, पुर्वाधार निर्माण लगायतका क्षेत्रमा गरेको सहयोगलाई निरन्तरता दिन समेत आग्रह गरे।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जापान सरकार, जाइका तथा अन्य अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको कारण नेपालले पुनःनिर्माणको कामलाई गति दिन सकेको बताए।

कार्यक्रममा मन्त्री ज्ञवालीले प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्न र प्रकोप पछिको व्यवस्थापनका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको समेत जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad