ad ad

राजनीति


एमालेका ३३ वटै विभाग प्रमुखहरुको बैठक च्यासलमा

एमालेका ३३ वटै विभाग प्रमुखहरुको बैठक च्यासलमा

नेपालखबर
साउन १५, २०७९ आइतबार १३:८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ३३  वटै विभाग प्रमुख र पदाधिकारीहरुको बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक बसेको हो।

रिजालका अनुसार बैठकमा ३३ वटै विभाग सहभागी छन्। यो बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको रिजालले बताए।

एमालेले सोमबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्दैछ। महंगी र भ्रष्टाचारविरुद्ध भनिएको उक्त प्रदर्शन वसन्तपुरबाट सुरु हुने भएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .