नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी आम निर्वाचनमा झापाबाटै उम्मेदवार बन्ने प्रष्ट्याएका छन्।
शर्माको काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने चर्चा भएसँगै उनले झापाबाटै उम्मेदवारी दिने प्रष्ट पारेका हुन्। काठमाडौं–छ को चुनाव प्रचारमा पुग्ने शर्माले बताएका छन्।
‘फेरि प्रस्ट्याउँ! वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो, तर मान्छे म मेची र निन्दा किनारकै हो!’ शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्नेछुनै! तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु! प्रेम उता घरजम यता कुरै हुन्न!’
फेरि प्रस्ट्याउँ - वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो l तर मान्छे म मेची र निन्दा किनारकै हो !
काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै l तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु l प्रेम उता घरजम यता कुरै हुन्न l— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 17, 2022
Shares
प्रतिक्रिया