नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अबको निर्वाचनपछि नेपालमै लेन्डुप दोर्जेहरु भेटिने बताएका छन्।
पहिलो मूख्यमन्त्रीसमेत रहेका लेन्डुप दोर्जेकै कारण सिक्किम तत्कालीन अवस्थामा भारतमा विलय भएको थियो। नेपाललाई पनि अहिले सत्तारुढ दलहरुले सिक्किम र फिजीको बाटोमा लैजाने प्रयास गरिरहेको उनले बताए।
'लेन्डुप दोर्जेको विरोध हामीले पनि गर्यौँ, अहिले पनि गरिरहेका छौँ', उनले भने, 'एक दुईवटा निर्वाचनपछि नेपालकै सांसद र मन्त्रीहरु लेन्डुप दोर्जे हुनेछन्। नेपालमै लेन्डुप दोर्जेहरु देखिन थाल्नेछन्।'
उनले अहिले पारित गर्न लागिएको नागरिकता विधेयकले अन्तत: नेपाललाई पनि सिक्किम र फिजीकै अवस्थामा पुर्याइ छाड्ने उनले जिकिर गरे।
'हामीलाई थाहा छ, नेपाल-भारत सम्बन्ध इतिहासदेखिकै पुरानो छ', उनले भने, 'भारत बेलायती उपनिवेशबाट निस्कियो तर त्यहाँ उपनिवेशवाद बाँकी छ। भारत अहिले नेपालमा उपनिवेशवाद चलाउन खोजिरहेको छ।'
सुवालले भारतीयले नेपालीसँग बिहे गर्दा तत्कालै पाउने तर नेपालीले भारतमा बिहे गरेर जाँदा ७ वर्ष लाग्ने कुरा पनि स्मरण गराए।
Shares
प्रतिक्रिया