नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
उनले राजनीतिक प्रतिवेदन पेश गर्दै आगामी निर्वाचनका लागि एमालेलाई १६ प्रतिशत मत नपुग्ने उल्लेख गरेका छन्।
'एमाले विभिन्न षडयन्त्र, गठबन्धनको सामना गर्न तयार छ, यस चुनावमा हामीलाई धेरैतिर जित निकाल्न समस्या छैन', उनले भनेका छन्, 'बहुमतका लागि १६ प्रतिशत मत मात्र अपुग छ।’
उनले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरूको काँधमा रहेको पनि उल्लेख गरेका छन्।
उनले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्न आवश्यक तरिका र उपायहरु अवलम्वन गर्न निर्देशन दिए।



















324
Shares

प्रतिक्रिया