राजनीति


राष्ट्रपतिलाई प्रचण्डको जवाफ- नागरिकता विधेयकमा अनावश्यक राजनीति गरियो

विधेयकमा अध्यादेशकै कुरा रहेको भनाइ
राष्ट्रपतिलाई प्रचण्डको जवाफ- नागरिकता विधेयकमा अनावश्यक राजनीति गरियो

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०७९ बुधबार १७:५५, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास बोलाइन्।

अपरान्ह ३ बजेपछि माओवादीका शीर्ष पाँच नेतासँग राष्ट्रपतिले झण्डै दुई घण्टा चलेको थियो।

सुरुमै राष्ट्रपतिले नागरिकता विधेयकका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै छलफल सुरु गरेकी थिइन।

उनले नागरिकता विधेयक राष्ट्रिय विषयसँग सम्बन्धित भएकोले विवेकपूर्ण निर्णय गर्न माओवादी नेतृत्वलाई सुझाव दिइन्।

संसदले पास गरेको नागरिकता विधेयक आफूले २९ साउनमा निकै सोच विचार गरेर फिर्ता गरेको उनको भनाइ थियो। 

राष्ट्रपतिको उक्त भनाइपछि प्रचण्डले आफ्नो पार्टीको समान सोचाई रहेको बताएका थिए।

उनले नागरिकता विधेयकमा यसअघि जारी गरिएको अध्यादेशकै व्यवस्था राखिएको भन्दै अनावश्यक राजनीतिकरण गरिनु दु:खद भएको बताए। 

‘वैवाहिक अंगीकृत नागरिकताबारे राष्ट्रपतिज्युले राख्नु भएको चासो र हाम्रो धारण समान छ। तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन। त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन,’ प्रचण्डले भने।

उनले यसबारे आफूहरुको धारणा संसदमा रेकर्ड गराइएको पनि उल्लेख गरे। 

‘यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौँ। सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ,’ उनले भने। 

प्रचण्डले तत्काल नागरिकलाई नागरिकताविहीन बन्ने अवस्था अन्त्य गर्न पनि विधेयकको खाँचो परेको जिकिर गरे। 

‘तत्काल जन्मसिद्ध नागरिकका सन्तति राज्यविहीन बन्ने अवस्था अन्त्य गर्न यो विधेयक ल्याइएको हो। र, यो विधेयककै कुरा ओलीजीले अध्यादेशका रुपमा पेश गरि तपाईँद्वारा प्रमाणीकरण गरिए अनुसार नै रहेको छ। यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुःखद छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .