प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको संसद सचिवालयले जानकारी दिएको छ।
दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक बस्दै छ। त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो।
आजको बैठकको सम्भावित कार्यसूचीमा सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गर्ने उल्लेख गरिएको छ।
यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि समावेश छ।
36
Shares
प्रतिक्रिया