राजनीति


पाँचवटा प्रश्न सोधेर सकियो चोलेन्द्रको तेस्रो दिनको बयान

पाँचवटा प्रश्न सोधेर सकियो चोलेन्द्रको तेस्रो दिनको बयान

नेपालखबर
भदौ १९, २०७९ आइतबार १३:३१, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग महाभियोग सिफारिस समितको आजको बयान सकिएको छ। 

समितिले आजको बैठकमा जबरालाई पाँचवटा प्रश्न सोधेको थियो। 

सिफारिस समितिले चोलेन्द्रसमक्ष ४३ प्रश्न तयार गरेको छ। झण्डै डेढ घन्टामा पाँचवटा प्रश्न सोधेर २५ भदौका लागि अर्को बैठक बोलाइएको हो। 

सिंहदरबारमा गत १५ भदौदेखि समितिले प्रधानन्यायाधीश जबराको बयान लिन थालेको छ। १५ र १६ गते दुईदिन बसेको बैठकमा जबराले ७ वटा प्रश्नको जवाफ दिएका थियो।

पहिलो दिनको बैठकमा ४ घन्टा चोलेन्द्रले जवाफ दिएका थिए। दोस्रो दिनको बैठक २ घन्टा मात्र चलेको थियो। 

सिंहदरबारमा बुधबार करिब ५ घण्टा बयान दिएका जबराले बिहीबार सवा ११ बजेदेखि २ घण्टासम्म बयान दिने क्रममा प्रश्न नम्बर ५ र ६ को मात्रै जवाफ दिन भ्याएका थिए।

सांसदहरु कांग्रेस सांसद प्रदीप गिरिको श्रद्धाञ्जली सभामा जाने भएपछि बिहीबारको बयान बीचमै रोकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .