राजनीति


चिनियाँ जनकंग्रेस अध्यक्षको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक

चिनियाँ जनकंग्रेस अध्यक्षको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक

नेपालखबर
भदौ १९, २०७९ आइतबार १६:३४, काठमाडौँ

भदौ २७ देखि नेपाल आउन लागेका चिनियाँ जनकंग्रेसका अध्यक्ष लि चान्सुको भ्रमण कार्यतालिका सार्वजनिक भएको छ। 

सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा लि यहाँ आउन लागेका हुन्। 

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल आएकै दिन भदौ २७ गते लि र सभामुख सापकोटाबीच दिपक्षीय वार्ता हुनेछ। सोही दिन लिको सम्मानमा सापकोटाले रात्रीभोज दिनेछ्न्।

परराष्ट्रका अनुसार चिनियाँ प्रभावशाली नेता लीले २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासँग २८ गते सिस्टाचार भेट गर्नेछ्न्।

२८ गते नै लिको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता हुनेछ। 

नेपाल आएको भोलिपल्ट चिनियाँ जनकंग्रेस अध्यक्षले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै भेट्ने तय भएको परराष्ट्रले जनाएको छ। 

चिनियाँ नेता रुस, मङगोलियापछि नेपाल आउन लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। नेपाल भ्रमण सकेर लि ३० गते दक्षिण कोरिया पुग्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad