राजनीति


एमाले उम्मेदवार छनोटमा गुटबन्दी, कारबाही माग गर्दै शर्माले लेखे पत्र

एमाले उम्मेदवार छनोटमा गुटबन्दी, कारबाही माग गर्दै शर्माले लेखे पत्र

नेपालखबर
भदौ २०, २०७९ सोमबार १८:५, सुर्खेत

आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा गुटबन्दी भएको भन्दै एकजना नेताले कारबाही माग गरेका छन्।

सुर्खेतस्थित एमाले नेता डण्डीप्रसाद शर्माले जिल्ला कमिटीलाई एक पत्र लेख्दै उम्मेदवार छनोटमा गुटबन्दी गर्ने नेतालाई कारबाही माग गरेका हुन्।

नेता शर्माले आफू पनि प्रतिनिधि सभाका लागि इच्छुक उम्मेदवार हुँदाहुदै पनि उम्मेदवार छनोटको समयमा चरम गुटबन्दी गरिएको भन्दै कारबाहीको माग गरेका हुन्।

शर्माले पत्रमा निर्वाचन क्षेत्र १ को प्रतिनिधि सभा उम्मेदवार छनोटमा गुटबन्दी, शत्रुतापूर्ण व्यवहार र आफ्नो नाम राख्न नदिने रणनीति बनाइएको आरोप लगाएका हुन्।

शर्माले लेखेको पत्रमा असमति जाहेर गर्ने व्यवस्थालाई लत्याइएको गम्भीर आरोप समेत लगाएका छन्। 

‘बैठक कक्षको पछाडिबाट माइन्यूट लिएर भाग्ने, ध्रुवकुमार शाही, कविन्द्रकुमार केसी, रबलबहादुर नेपालीलाई पार्टी विधानको धारा ८० को १,२,३ र १२ को व्यवस्था अनुसार केन्द्रीय अनुशासन आयोगको कार्य सम्पादन नियमावलीको परिच्छेद ३ को धारा १२ को ग को ३ बमोजिम कारबाही गरि पाऊँ,’ उनले भनेका छन्। 

शर्माले अवैधानिक तवरबाट छनौट गरी बैठकमा पेश गरिएको सिफारिस बदर गरि पुन: समन्वय कमिटिको बैठकबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस गर्न माग गरेका छन्। 

उनले आफ्नो मागप्रति पार्टी जिम्मेवार नभए जुनसुकै कदम पनि उठाउन सक्ने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .