राजनीति


लिज ट्रस बन्ने भइन् बेलायती नयाँ प्रधानमन्त्री

लिज ट्रस बन्ने भइन् बेलायती नयाँ प्रधानमन्त्री

नेपालखबर
भदौ २०, २०७९ सोमबार १८:३४, काठमाडौँ

लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्ने भएकी छिन्। 

ट्रस बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीकी नेतृमा निर्वाचित भएसँगै प्रधानमन्त्री बन्ने पक्का भएको हो। 

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा ट्रसले ५७ प्रतिशत मत पाएकी छिन् भने उनका प्रतिद्वन्द्वी ऋषि सुनाकले ४२ प्रतिशत मत पाए। ट्रस हालसम्म बेलायतकी विदेशमन्त्री थिइन्। 

प्रधानमन्त्री बन्ने निश्चित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रसले कर कटौती र हाल देखिएको उर्जा संकट समाधान गर्ने प्रतिबद्धता जनाएकी छिन्। बेलायतको बिग्रँदो अर्थतन्त्रमा सुधार ल्याउन आफूले विशेष पहल गर्ने उनले बताइन्। 

अनेकन विवादमा तानिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गत जुलाईमा राजीनामा दिएका थिए। उनले भोलि मंगलबार बेलायती महारानी एलिजावेथसमक्ष औपचारिकरुपमा राजीनामा बुझाउनेछन्। 

बोरिस जोन्सनको स्थानमा कन्जरभेटिभ पार्टीको नेता र प्रधानमन्त्री पदका लागि उनीहरुबीच प्रतिस्पर्धा भएको थियो। 

कन्जरभेटिभ सांसदबीचको अन्तिम चरणको मतदानले ट्रसलाई नेतृत्वमा चयन गरेको हो। 

त्यसअघि उक्त पार्टीका १ लाख ६ हजार सदस्यबाट हुलाक मतपत्रबाट मतदान भएको थियो। दुई उम्मेदवारबीच जुलाई २५ मा बीबीसीमा वान–अन–वान बहस भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .