राजनीति


सुर्खेतमा कांग्रेस–माओवादी तालमेल, समाजवादी ‘आउट’

कांग्रेसलाई प्रतिनिधिसभातर्फका दुवै सिट
सुर्खेतमा कांग्रेस–माओवादी तालमेल, समाजवादी ‘आउट’

दिनेश बुढा
भदौ २३, २०७९ बिहिबार १३:५२, सुर्खेत

सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै गठबन्धन हुने भएको छ।

स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच सहमति नहुँदा एमालेले लाभ लिएको निष्कर्षसहित माओवादी र कांग्रेसको गठबन्धन पक्का गरिएको स्रोतले जनाएको छ।

केन्द्रको सहमतिअनुसार कांग्रेसले दुई प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य लिने भएको छ। 

अर्कातिर माओवादी दुई प्रदेश सभा सदस्यमा चुनाव लड्ने गरि भागबण्डा मिलेको स्रोतले उल्लेख गरेको छ।

उक्त सहमतिअनुसार कांग्रेस र माओवादीले गठबन्धनबाट एकीकृत समाजवादीलाई नमिसाउने भएका छन्। 

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो। त्यसबेला पनि  समाजवादीलाई गठबन्धनबाट बाहिरै राखिएको थियो। 

कसले कुन लिने?
सहमति अनुसार माओवादीको भागमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ र २ को ‘ख’ भाग परेको छ। 

माओवादी स्रोतका अनुसार निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्य कृष्ण जिसी ‘जितेन्द्र’ र २ ‘ख’बाट विन्दमान विष्टले टिकट पाउने निश्चित भएको हो।

यस्तै, प्रतिनिधि सभातर्फ पनि कांग्रेसका उम्मेदवार पक्का भएका छन्। निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का चुनाव लड्ने भएका छन्।

निर्वाचन क्षेत्र नम्बर २ बाट हृदयराम थानी लड्ने निश्चित भएको स्रोतले जनाएको छ। 

गएराति सत्तारुढ गठबन्धनका दुई दलबीच भएको सहमतिअनुसार निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ २ ‘क’ पनि कांग्रेसले नै पाउने निश्चित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .