राजनीति


देउवाका प्रतिस्पर्धी खगराज भट्ट प्रदेशसँगै प्रतिनिधिसभामा पनि सिफारिस

देउवाका प्रतिस्पर्धी खगराज भट्ट प्रदेशसँगै प्रतिनिधिसभामा पनि सिफारिस

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १३:४०, कञ्चनपुर

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका इन्चार्ज खगराज भट्ट डडेल्धुराबाट  प्रदेश र प्रतिनिधि सभा दुवैमा सिफारिस भएका छन्।

नेकपा माओवादी केन्द्र डडेल्धुराका अध्यक्ष उमेशप्रसाद भट्टका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ इन्चार्ज भट्टको एकल नाम सिफारिस भएको हो।

यद्यपि केन्द्रमा कांग्रेस-माओवादी गठबन्धन रहिरहे यहाँ माओवादीले कांग्रेस सभापति शेरबहादुर देउवालाई छाड्नुपर्ने हुन्छ।

प्रदेशमा पनि
यस्तै, प्रदेश सभा (१) को प्रत्यक्षमा पनि भट्टको नाम सिफारिस भएको छ। 

उनीसँगै प्रदेश सभा (१)मा ४ जनाको नाम सिफारिस भएको हो। जसमा मानसिंह माल,कुन्ती जोशी र आउसे सहकारी रहेका छन्।

प्रदेश सभा (२)मा लक्ष्मण सिंहको नाम सर्वसम्मत सिफारिस भएको छ। 

प्रतिनिधि सभा समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस भएको अध्यक्ष भट्टले बताए।

यसअघि माओवादीको पनि साथ लिएर देउवा डडेल्धुराबाट उठ्ने भएपछि भट्टलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने गरी प्रदेशमा पठाउने तयारी थियो।

तर केन्द्रमा सत्ता गठबन्धनबीच खटपट बढिरहेका बेला भट्टको नाम देउवासँग भिड्ने गरी प्रतिनिधिसभा प्रत्यक्षमा पनि सिफारिस भएको हो।

कांग्रेसले यसअघि नै डडेल्धुराबाट प्रतिनिधिसभाका लागि देउवाको नाम सर्वसम्मत सिफारिस गरिसकेको छ। 

२०७४ को आमनिर्वाचनमा देउवा डडेल्धुराबाट छैटौँ पटक प्रतिनिधिसभामा विजयी भएका थिए। 

देउवाले २८ हजार ४४ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएका थिए। 

माओवादीका भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक पराजित भएका थिए। देउवाले डडेल्धुरामा वि.सं. २०४८ यताका सम्पूर्ण चुनाव जितेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad