राजनीति


सडक सुरक्षाको लागि एक दर्जन संस्थाद्वारा मधेश सरकारलाई सुझाव पेश

सडक सुरक्षाको लागि एक दर्जन संस्थाद्वारा मधेश सरकारलाई सुझाव पेश

नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १५:१८, काठमाडौँ

मधेश प्रदेशमा क्रियाशील विभिन्न अभियोजनकर्ताहरुले तथा संघ संस्थाहरुले सुरक्षित यात्राको अधिकारका लागि मधेश प्रदेश सरकारलाई सुझाव–पत्र पेश गरेका छन्।

प्रदेशमा क्रियाशील विभिन्न अभियानकर्ताहरुको टोलीले मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई सुझाव पत्र पेश गरेको हो। उक्त सुझाव पत्रमा सुरक्षित यात्राको अधिकारको लगायतका विषयहरु समेटिएका छन्।

हरेक दिन सडक दुर्घटनाबाट करीव एक दर्जन मानिसको मृत्यु र सयौं मानिस घाइते तथा अंगभंग भई जीवन गुजार्नु परेकोले सडक सुरक्षाका उपायहरूको खोजी र तिनको कार्यान्वयनका लागि सुझाव दिइएको अभियानकर्ता मध्येका नासा नेपालका गोविन्द भट्टराइले बताए। 
सुझाव पत्रमा नेसनल रोडसेफ्टी एक्सन प्लान समावेश गर्ने गरी प्रदेशस्तरीय रोडसेफ्टी एक्सन प्लान बनाउने तथा तथा सडक सुरक्षा अभियान्ता तथा विज्ञहरु, संचार क्षेत्र, उपभोक्ता हित संरक्षण, दुर्घटना पीडित, पेशागत र ब्यवसायी संगठन तथा सम्वन्धित सरोकारवालाहरु समेतलाई समेटेर प्रदेश सडक सुरक्षा काउन्सिल (परिषद्) गठन गर्ने सुझाव दिइएको छ।

त्यसैगरी बालबालिका, व्हीलचेयर र सेतो छडी प्रयोगकर्तालाई आरक्षण सहितको पूर्वाधार तथा साइकलयात्री र पैदल यात्रुको लागि सुरक्षित आवागमनको ग्यारेन्टी गर्ने पूर्वाधार निर्माण सडकहरूको वर्गीकरण अनुसार अधिकतम गति सीमा (स्पीड लिमिट) सम्बन्धी ऐन, मोबाइल प्रयोगमा प्रतिबन्ध तथा मापसे रोकथामको स्पष्ट कानुनी व्यवस्था जस्ता विषयहरु समेटिएका छन्।

सुझाव पत्र बुझ्दै मधेश प्रदेशका सचिव मिश्रले संघ संस्थाहरूबाट आएका सुझावहरूलाई सकरात्मक रुपमा लिइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .