पूर्वन्यायाधीश फोरम नेपालले संसदमा महाभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिएको बयानप्रति खेद प्रकट गरेको छ।
फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा जबराले दिएको बयानप्रति खेद प्रकट गरेका हुन्।
फोरमले निलम्बित प्रधानन्यायाधीश राणाले पूर्वन्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको बयानप्रति आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौती छ।’
33
Shares
प्रतिक्रिया