समाज


मिर्गौला र द्वन्द्वपीडितलाई लालीगुराँस बाटिकाका शिक्षक-विद्यार्थीको आर्थिक सहयोग

मिर्गौला र द्वन्द्वपीडितलाई लालीगुराँस बाटिकाका शिक्षक-विद्यार्थीको आर्थिक सहयोग

नेपालखबर
भदौ २९, २०७९ बुधबार १४:५२, काठमाडौँ

काठमाडौंको नरेफाँटस्थित लालीगुराँस बाटिका सेकेन्डरी स्कुलका विद्यार्थी र शिक्षकहरुले मिर्गौलापीडितहरुको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। 

बाल दिवसको अवसर पारेर उक्त स्कुल र कलेजका विद्यार्थी र शिक्षकबाट संकलित १ लाख २१ हजार रुपैयाँ प्राचार्य हरि शिवाकोटीले मिर्गौला फेल भइ उपचाररत र द्वन्द्वपीडितको सहयोगका लागि दिएका हुन्। 

उक्त रकम अध्ययन अघि बढाउन नसकेका मिर्गौला र द्वन्द्वपीडितहरुको सहयोगार्थ इन्द्रेणीका संचालक कृष्ण कँडेलमार्फत हस्तान्तरण गरिएको हो। 

उक्त रकम विद्यालयको दान पेटिकामा जम्मा भएको हो। उक्त दान पेटिकामा विद्यार्थी र शिक्षक कर्मचारीहरुले आफ्नो जन्मदिनको दिन स्वैच्छिक रुपमा  रकम जम्मा गर्ने चलन छ। 

विद्यालयले विद्यार्थीहरुलाई रकम लिएर आउन निषेध गरेको छ। तर उनीहरुको पकेट र ब्याग चेक गर्दा भेटिएको रकम  पनि त्यहीँ जम्मा गर्ने चलन छ। 

त्यस्तै विद्यालय परिसरमा भेटिएको रकम र संचालक समितिको बैठक भत्ता तथा अभिभावकहरूले पठाएको स्वैच्छिक रकम, शिक्षकहरुको एक दिनको तलब बराबर संकलन गरेर प्रदान प्राचार्य शिवाकोटीले  बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .