राजनीति


किन्तु-परन्तु हुन्न, जनवरी ३१ सम्ममा ब्रेक्जिट सम्पन्न हुन्छः बेलायती प्रधानमन्त्री

किन्तु-परन्तु हुन्न, जनवरी ३१ सम्ममा ब्रेक्जिट सम्पन्न हुन्छः  बेलायती प्रधानमन्त्री

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ६:४४,

आम चुनावमा ऐतिहासिक जित हात पारेपछि बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिव पार्टीका नेता बोरिस जोनसनले जनवरी ३१ सम्ममा बेलायत युरोपेली युनियनबाट बाहिरिने घोषणा गरेका छन्।

‘हामी ३१ जनवरीसम्ममा ब्रेक्जिट टुंग्याउनेछौँ, किन्तु–परन्तु हुने छैन,’ उनले भने।

मतदाताले आफूलाई गरेको विश्वासको ऋण तिर्न ‘दिनरात’ काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

 आम निर्वाचनमा कन्जरभेटिव पार्टीले ऐतिहासिक बहुमत ल्याएको छ। 

पर्याप्त बहुमतसहित जोनसन अर्को कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएपछि युरोपेली युनियनबाट बेलायत बाहिरिने सुनश्चित भएको हो।

कन्जरभेटिव पार्टीले करिब ३६४ सिट जितेको छ। लेबरले २०३ र एसएनपीले ४८ लिबरल डेमोक्रेट्सले १२ सिट जितेका छन्।

कन्जरभेटिव पार्टीका लागि या १९८७ मा मार्गरेट थ्याचरले हासिल गरेको विजयपछिको सबैभन्दा ठूलो सफलता हो।

जोनसनको एक मात्र चुनावी नारा थियो, ‘ब्रेक्जिट सफल पारौँ।’ मतदाताले उनको नारालाई मत दिएका छन्। यद्यपि ब्रेक्जिटका लागि कति समय लाग्ने हो निश्चित छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनलाई बधाइ दिँदै ब्रेक्जिटपछि ‘विशाल’ व्यापारिक सम्झौता गर्न दुवै देश स्वतन्त्र भएको बताएका छन्।

अर्को चुनावको नेतृत्व गर्दिनँ : कोर्बिन
निर्वाचनमा पार्टी हारेपछि विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले अर्को चुनावको नेतृत्व आफूले नगर्ने घोषणा गरेका छन्। यद्यपि, आफू केही समय पार्टी नेतृत्वमा रहने उनले बताएका छन्।

jeremycorbyn0512.jpg

‘भविष्यको कुनै पनि आम निर्वाचनमा मैले पार्टीको नेतृत्व गर्ने छैन। म पार्टीमा यो नतिजाबारे र पार्टीको आगामी नीतिबारे गम्भीर विमर्श र छलफल गर्नेछु,’ उनले भनेका छन्, ‘र, त्यो अवधिमा मैले पार्टीको नेतृत्व गर्नेछु।’

यो चुनावमा लेबर पार्टीले आफ्नै आधारक्षेत्रमा समेत सिट गुमाएको छ। जोनसन खासगरी स्वास्थ्य बिमा, सरकारी खर्च कटौतीजस्ता मुद्दा अघि सारेर चुनावमा होमिएका थिए। तर, यो निर्वाचनमा ब्रेक्जिटले अन्य सबै मुद्दालाई छायामा पारिदिएको उनको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad