नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ब्यक्तिगत मोबाइल एप उद्घाटन भएको छ। राष्ट्रिय विज्ञान दिवसका अवसर पारे अध्यक्ष प्रचण्डको मोबाइल एप उद्घाटन गरिएको उनको सचिवालयले जानकारी दिएको छ
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच एपको उद्घाटन गरिएको हो।
यो एपमा अध्यक्ष र पार्टीका गतिविधि, सूचना, जानकारी, सामाजिक सञ्जालहरुकै मोडालिटीमा सहजरुपमा जानकारी हासिल गर्न सकिने सचिवालयले जानकारी दिएको छ।
दैनिक भेटघाट लगायतका बिस्तृत सेवा लिन सक्ने बताइएको छ।
प्रतिक्रिया